बजाजको मोटरसाइकल खरिदमा १० लाख पुरस्कार

| 2021 Apr 21 | 08:34 pm 401

  • राजन झा

जनकपुरधाम, बैशाख ८ः बजाज कम्पनीको मोटरसाइकल खरिद गर्दा धनुषाका एक जना भाग्यशालीले १० लाख रुपैया स्क्रेचमा पाएका छन् । धनुषा जिल्लाको माटिझिटकहिया–६ का रोशन साफीले बजाज कम्पनीका पल्सर १५० सीसीको मोटरसाइकल खरिद गर्दा १० लाख रुपैयाँ हात पारेका हुन् ।

जनकपुरधामको मुजेलिया स्थित रहेको ओम अटो मोवाइल्समा बजाज शुन्य अफर अन्तरगत सवै भन्दा कम १० हजार र सवै भन्दा बढी १० लाखको पुरस्कार राखिएको छ । साफीलाई बुधवार एक कार्यक्रमबीच ओम अटो मोवाइल्सको तर्फबाट १० लाखको चेक हस्तान्तरण गरिएको थियो ।

बजाज शुन्य अफरमा शुरुमा १ र पछि जतिवटा शुन्य थपिन्छ त्यतिको इनाम दिने गरेको जनाइएको छ ।

बजाज कम्पनीको शुन्य अफर अहिले मोटरसाइकल पारखिका लागि एकदमै लाभदायक रहेको र मोटरसाइकलका पारखीहरु पनि अहिले उत्साहित भएर खरिद गरीरहेका छन् ।

शुन्य अफर लागु भएपछि अहिलेसम्म ओम अटो मोवाइल्सवाट करिव ४ सय भन्दा बढी मोटरसाइकल विक्री भई सकेको जनाइएको छ । चैत १ गते देखि शुन्य अफर चालु भएको सञ्चालकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.