बचेको पैसा फिर्ता गर्न स्थानीय तहलाई निर्देशन

रिपोर्ट नेपाल | 2018 Jun 19 | 10:48 am 3529

काठमाडौं असार ५: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खर्च हुन नसकेको रकम फिर्ता गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

चालु आर्थिक वर्षको अनुदानमा वितरण गरिएको रकम खर्च हुन नसकेको भए त्यसलाई फिर्ता गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको मन्त्रालयका उपसचिव नमराज घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार अनुदान शीर्षकमा केन्द्रले पठाएको कक्षा १ देखि १० सम्मका शिक्षकको तलब, स्वास्थ्य केन्द्र तथा पशु केन्द्रका कर्मचारीको तलब, ज्येष्ठ नागरिक दीर्घ सेवा सम्मान कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, गरीबसँग विश्वेश्वर कार्यक्रम र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका खर्च हुन नसकेका रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

विभिन्न बुँदामा असार मसान्तसम्म खर्च नभए कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत फिर्ता गर्न निर्देशन दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५ का लागि अनुदान शीर्षक अन्तर्गत ७६ अर्ब ४१ करोड ६७ लाख ५८ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.