काठमाडौँ १३ भदौ / जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नेपाल प्रहरीका पूर्वडीआईजीसहित १० जना बँदेल मारेको आरोपमा पक्राउ परेका छन्।
पूर्वडीआईजीसहितको टोलीलाई सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह योगीनायाँ कोशी क्षेत्रबाट पक्राउ परेको बताइएको छ। शाहको टोलीले बँदेल मारेर ट्याक्टरमा लुकाएको अवस्थामा गस्ति गएको प्रहरीको टोलीले फेला पारेको थियो।
सप्तकोशी नदी किनार क्षेत्रबाट पक्राउ परेका उनीहरूलाई सप्तरी प्रहरीमा राखिएको छ। शाहसँगै चोरीशिकार अभियोगमा नेपाल प्रहरीका बहालवाला सई मोरङको विराटनगर महानगरपालिका–३ निवासी ४४ वर्षीय सञ्जय न्यौपाने पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ गरेकाहरूमा सप्तरीको तिरहुत गाउँपालिका–१ का ५१ वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी नगरपालिका–१ का ५० वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी–२ का ५१ वर्षीय जनार्दन राउत, हुनमाननगर कंकालिनी–३ का ५१ वर्षीय शंकरप्रसाद यादव र हुनमाननगर कंकालिनी–५ का २३ वर्षीय ओमशंकर प्रसैला छन्।
त्यसैगरी सप्तरीकै हुनमाननगर कंकालिनी–८ का ३७ वर्षीय आकाश यादव, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३३ वर्षीय प्रदीप लिम्बू पनि पक्राउ परेका छन्।