फ्रान्स २-१ गोलले विजयी

रिपोर्ट नेपाल | 2018 Jun 16 | 05:39 pm 2684

काठमाडौं, असार २ : रसियाको कजनास्थित कजान एरेनामा भएको विश्‍वकपको तेस्रो दिनको खेलमा फ्रान्स २-१ गोलले विजयी भएको छ ।

शनिबार ३:४५ बजे शुरु भएको खेलको दोस्रो हाफको ५८ औं मिनेटमा पहिलो गोल जर्सी नम्बर सातका खेलाडी एन्टोनी ग्रिजम्यानले गरेका हुन् । त्यसको चार मिनेटमा जवाफ फर्काउदै खेलको ६२ औं मिनेटमा अस्ट्रेलियका लागि जर्सी नम्बर १५ का खेलाडी माइल जिदनिक गोल गरेका हुन् ।

अस्ट्रेलियका लागि जर्सी नम्बर १५ का खेलाडी माइल जिदनिकले निर्णायक गोल गर्दै फ्रान्सलार्इ जित दिलाएका हुन् ।

खेलका क्रममा फ्रान्सका एक जना र अष्ट्रेलियाका तीन जनाले पहँलो कार्ड पाएको थियो । खेलमा अस्ट्रेलियाले १९ फल तथा फ्रान्सले १६ फल गरी कुल ३५ फल भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.