काठमाडौं : रसियामा जारी विश्वकपमा फ्रान्स र अस्ट्रेलियाबीचको खेल शुरु भएको छ । शनिबारको पहिलो खेलमा फ्रान्सका लागि रुसको कजानस्थित कजान एरेनामा युवा खेलाडी बाप्पेको मैदानम छन् । १९९८ को विश्वकप विजेता फ्रान्स बलियो देखिएको छ भने अस्ट्रेलिया प्रतिरक्षाको स्थितिमा रहने अनुमान गरिएको छ ।
सन् २०१६ को युरोकपको उपविजेता फ्रान्स समूह सीको पहिलो खेलबाटै विजय यात्रा शुरु गर्ने दाउमा छ भने अस्ट्रेलिया पनि आफूलाई विश्वकपमा सुरक्षित पार्न फ्रान्समाथि विजयी हुने रणनीति अपनाएको छ ।
३२ टिम सहभागी खेलमा फ्रान्सले विश्वकप यात्रा सहजै हात पारेको हो । फ्रान्सले एक मात्र हार बेहोरेर विश्वकपसम्म आइपुगेको हो भने अस्ट्रेलियाले विश्वकपको यात्राका लागि निकै संघर्ष गर्नुपरेको थियो । फ्रान्स अन्तिम १२ मा तीन पटकसम्म पगेको थियो भने सन् १९९८ को विजेता हो ।
फ्रान्सले विश्वकपको पहिलो उपाधि सन् १९९८ मा ब्राजिललाई ३-० गोलअन्तरले पराजित गर्दै हात पारेको थियो ।
फ्रान्स र अस्ट्रेलिया यसअघि चार पटकसम्म आमनेसामन भएका छन् । चारमध्ये एक पटक अस्ट्रेलियाले जित हात पारेकाे छ भने तीन पटक फ्रान्सले जित हात पारेकाे छ । सन् २०१३ को खेलमा ६-० गोल अन्तरले अस्ट्रेलिया पराजित भएको थियो ।
सन् २००२ र २०१० मा समूह चरणबाटै बाहिरिएको फ्रान्स सन् २००६ मा भने अन्तिम खेल गुमाएको थियो ।
प्लेईङ ११ (फ्रान्स) : हुगो लोरीस, बेन्जामिन मेन्डी, राफायल भराने, सामुएल उम्टिडी, सीडीबे, निग्लो कान्टे, पाउल पोग्बा,टोलीसो, केलियन बाप्पे, ओन्सुमन डेम्बेले, एन्टोनियो ग्रीजम्यान
प्लेईङ ११ (अष्ट्रेलिया) : म्याट रायन, जोस रिस्डोन, ट्रेन्ट सेनबुरी,मिले जेडिनक, अजीज बेहिच,लोउन्गो, आरोन मोय, लेकी, रोब्बी क्रुसे,इर्भीने, टोमी जुरीक