फौजदारी अभियोग लागेका सांसद निलम्बन नगर्ने निर्णय गलत : कमल थापा

रिपोर्ट नेपाल | 2018 Jun 08 | 06:42 pm 3131

हेटौडा, २५ जेठ : राप्रपा अध्यक्ष कमल थापाले फौजदारी अभियोगमा पक्राउ परेका सांसदलाई निलम्बन नगर्ने निर्णय गलतप्रती आपत्ति जनाएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन प्रदेश ३ को युवा भेलाको शुक्रबार हेटौडामा उद्घाटन गर्दै अध्यक्ष थापाले पक्राउ परेका सांसदलाई निलम्बन नगर्ने निर्णय गलतप्रती आपत्ति जनाएका हुन् ।

थापाले सत्तापक्ष र प्रतिपक्ष कांग्रेसको यस्तो कदमले राजनीतिक अपराधलाई बढवा दिने बताए । सरकारको सिफारिसमा बालकृष्ण ढुङ्गेललाई दिएको आममाफीको पनि विरोध गर्दै उनले भने, ‘यो सरकारले आस्थाको आधारमा अपराधीहरुलाई छुट दिदै आएको छ, यसले समाजमा नकरात्मक असर पर्छ ।’

प्रजातान्त्रिक धारका शक्तिहरु एक अर्कामा मिल्नुको विकल्प नरहेको भन्दै थापाले फुटेर गएका सबै राप्रपालाई एकतामा आउन उनले आग्रह गरेका थिए । उनले कांग्रेसलाई प्रजातान्त्रिक विचारलाई स्पष्ट बनाएर राजतन्त्रको मुद्दा उठाएर एकतामा आउन आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.