सुनसरी, माघ २७: पटकपटक चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीप्रति स्थानीय व्यवसायीहरु आतकिंत बनेका छन् ।
आइतबार उनले २७ बर्ष अगाडिदेखि पान पसल सञ्चालन गर्दै आएका सुवास शाहको पान पसल बन्द गरेसँगै यहाँका व्यवसायीहरु आतकिंत बनेका हुन् ।
एक पत्र टाँस गरेर उनले नगरपालिका नजिकै रहेको पान पसले सुवास शाहको पसल बन्द गरेका थिए । मेयर चौधरीले पान पसलबाट धेरै फोहोर भएको भन्दै पसल बन्द गरेका हुन् । पान पसलमा लागूऔषध पनि बेच्ने गरेको भन्दै मेयर चौधरीले पान पसल बन्द गरेको उनले बताए ।
पान पसल गर्दै आएका शाहले भने आँफूले २७ बर्ष अगाडिदेखि पान पसल गर्दै आएको र फोहोरको मासिक एक सय रुपैँया तिर्दै आएको बताए ।
उनले भने, २७ बर्ष अगाडि महिनाको एक सय २५ रुपैँया भाडा तिरेर सञ्चालन गर्दै आएको पान पसल आज आएर मेयरले बन्द गर्ने ?
उनले आँफूले परिश्रम गरेर खान पनि नपाउँने भएको भन्दै चिन्ता व्यक्त गरे । पसल बन्द गरेपछि स्थानीय ब्यापारीहरु आक्रोशित भएका थिए ।राजधानी दैनिकबाट