फोर–जी ग्राहक करोडभन्दा बढी

रिपोर्ट नेपाल | 2022 May 21 | 08:05 am 457

काठमाडौँ, जेठ ७ः नेपाल टेलिकमको फोर–जी सेवाका ग्राहक एक करोडभन्दा बढी पुगेको छ । टेलिकमको २०७८ चैत महिनाको विवरणअनुसार फोर–जी ग्राहक एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्री–जी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको नेपाल टेलिकमले जनाएको छ ।

समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार ७८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टु–जी प्रविधिका ग्राहक रहेको कम्पनीले जनाएको छ । २०७८ फागुनमा फोर–जी ग्राहक आधार ९८ लाख ९३ हजार ८७४ र थ्री–जी ग्राहक आधार ९९ लाख ४३ हजार ७२९ रहेको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.