फोर्स कमाण्डरद्धारा नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको प्रशंसा

| 2020 Oct 22 | 05:17 pm 2666

काठमाडौं, कात्तिक ६ः गत साउन २० गतेका दिन मित्रराष्ट्र लेवनानको राजधानी Beirut शहरमा रहेको Beirut Port ईलाकामा भएको भयंकर बिष्फोटको भएको थियो ।

उक्त घटनाका कारण छरपस्ट रुपमा रहेका Debris हटाई नयाँ निर्माणको थालनीको लागि सयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्वीकृती पश्चात (UNIFIL) मा खटिएको फौजको चिकित्सा समर्थनको रुपमा खटाइएको थियो ।

उप सेनानी रक्षा भण्डारीको स्वास्थ्यकर्मीहरुको टोली Debris सफाई कार्यमा संलग्न फौजलाई कोभिड १९ को बारेमा सुरक्षा सचेतना अपनाई सुरक्षित कार्य गर्ने वातावरण बनाएको थियो ।

सफाई कार्यको दौरान घाईते भएका ८ जना कामदारहरुको राम्रो उपचार गरेको भनि UNIFIL सेना कमाण्डर मेजर जनरल स्टेफानो डेल कर्नलले नेपाली स्वास्थ्यकर्मीहरुको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

नेपाली सेना स्वदेश वा बिदेशमा जहाँ रहदा पनि आपत विपदको समयमा सदैव सहयोगी बन्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.