फेसबुक ह्याक गरी पैसा ठगी गर्ने पाठक पक्राउ

| 2022 Aug 24 | 06:01 pm 1457

काठमाडौं, भदाै ८: फेसबुक ह्याक गरेर पैसा ठगी गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर व्युरले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा मोरङ पथरीका २० वर्षीय किरण पाठक रहेका छन् ।

प्रहरीका अनुसार किरणले १८ जनाको फेसबुक ह्याक गरी विभिन्न बहाना पैसा ठगी गरेका थिए। पीडितको उजुरको आधारमा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक एवं प्रवक्ता पशुपति कुमार रायले जानकारी दिए।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई मोरङ प्रहरीको आवश्यक समन्वयमा उनी पक्राउ परेका हुन्। मंगलबार पक्राउ परेका उनलाई म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.