फेसबुकमा मात्रै नेपालीको १३ अर्ब खर्च

| 2018 Nov 23 | 08:18 am 1579

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकसँग जो कोही नेपाली परिचित छन् । बुढापाकाले फेसबुक नचलाएपनि छोराछोरी नातिनातिनाको प्रभावले ‘फेसबुकाँ कस्तो फोटो हाल्या छ हेरुँ’ भन्न थालेका छन्।

यसरी सबैको प्रिय बनेको फेसबुले नेपालबाट मात्रै वर्षेनी १३ अर्बबढी लैजाने गरेको खबर नयाँ पत्रिकाले लेखेको छ ।

फेसबुकका विश्वभरमा दुई अर्ब २७ करोड बढी प्रयोगकर्ता छन् । यि प्रयोगकर्ताबाट फेसबुकले ६० खर्ब ७० अर्ब बढी आम्दानी गरेको छ । अमेरिका तथा क्यानडामा २४ करोठ २० लाख प्रयोगकर्ता छन् । उनीहरुबाट फेसबुकले २८ खर्ब ९९ अर्ब आम्दानी गर्ने गरेको छ ।

त्यस्तै युरोपमा फेसबुक प्रयोगकर्ता ३७ करोड ५० लाख बढी छन् । उनीहरुबाट १५ अर्ब पाँच अर्ब बढी आम्दानी हुने गरेको छ । एसिया प्रशान्त क्षेत्रमा ९१ करोड ७० लाख प्रयोगकर्ता छन् । जसबाट फेसबुकको आम्दानी १० अर्ब ६४ अर्ब हुन्छ । नेपालमा मात्रै एक करोड १० लाख प्रयोगकर्ता छन् । जसबाट फेसबुकले १२ अर्ब ७५ करोड बढी आम्दानी गर्ने गरेको छ । यसरी हेर्दा फेसबुक चलाउने एक नेपालीबाट उसले एक हजार एक सय ५९ रुपैयाँ आम्दानी गर्ने गरेको छ ।

सामाजिक सञ्जालले विज्ञापनका नाममा अबौं रकम लगेका छन् । तर, नियमनको उचित नीति नहुँदा देशको करोडौ राजश्व गुमेको छ । फेसबुक एउटा सामान्य सामाजिक सञ्जालको आम्दानी नेपालको वार्षिक बजेटका चार गुणा अर्थात ६० अर्ब बढी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.