काठमाडाैं, बैशाख ९ः फेसबुकको दुरुपयोग गरी चरित्र हत्या गर्ने एक ब्यक्तिलाई प्रहरीले पक्राउ
गरेकाे छ । पक्राउ पर्नेमा दोलखा साविक बोच गा.बि.स.वडा नं. ७ भइ हाल भिमेश्वर न.पा. वडा नं. ८ बस्ने बर्ष ३७ का शम्भु कार्की रहेका छन् ।
उनले सामाजिक संजाल Facebook को दुरुपयोग गरी केटि साथीलाई Facebook ID: Shambhu Karki नामको आईडीबाट Friend Request पठाई साथी बनाई Messenger Chat मार्फत कुराकानी गर्दै जाने क्रममा उक्त Facebook Id प्रयोगकर्ताले अश्लिल भिडियो, फोटो, निजको आफन्तजन, घर परिवारका सदस्यहरुलाई पठाई दिन्छु, भनी बिभिन्न धाक धम्कि दिई रकम माग गरेको समेत प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उक्त कार्यमा संलग्न कार्कीलाई पक्राउ गरी आपराधिक लाभ ( एक्सर्टसन) सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुर पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।
कतार पुलिसको जागिरको लागि कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
सप्तरी कञ्चनपुर गा.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला काठमाडौँ टोखा न.पा. बस्ने वर्ष ४१ का पुर्ण कुमार दाहालले चन्द्र बहादुर खत्री समेत १८ जनालाई वैदेशिक रोजगारीको लागि कतारमा पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति रु. ७ लाख रुपैयाँ लाग्छ, कतारमा पुगेपछि कतार पुलिसमा भर्ना गराईदिन्छु भनि ठगी गरेकाे अभियाेगमा उनी पक्राउ परेका छन् ।
मासिक रु. १ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरूबाट पटकपटक गरी जम्मा रु. ६३ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा विशेष प्रहरी टोलीले दाहालको खोजतलास गर्ने क्रममा झापा भद्रपुर न.पा. वडा नं. ५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।
SIM Duplication मार्फत अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ
सामाजिक संजालमा आवद्ध रहेका विभिन्न बैंकहरुको Online Viber ग्रुप Account हरुको दुरुपयोग गरी SIM Duplication मार्फत पीडितहरुको बैंक तथा मोबाईल बैंकिङमा पहुँच पुर्याई cardless ATM मार्फत रकम निकाली ठगि गर्ने कार्यमा संलग्न सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं. ६ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ८ बस्ने बर्ष २३ का अनिल थापालाई प्रहरीले पक्राउ गरेकाे छ ।
ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।