फेवातालमा बेवारिसे शव फेला

रिपोर्ट नेपाल | 2019 Aug 01 | 07:33 pm 2337

पोखरा, साउन १६ : फेवातालमा एक अधवैशे पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय अधवैशेको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

मृतकको कुनै पहिचान खुल्न नसकेको उनले जानकारी दिए । मृतकको पहिचान खुल्न नसके पनि नेपाली मुलको नै रहेको उनले सुनाए । ‘मृतकको सबै पहिचान त खुल्न सकेको छैन,’ उनले भने, ‘तर, नेपाली मुलको नै हुनुहुन्छ । अनुसन्धान भईरहेको छ ।’

लेकसाइडको खहरे क्षेत्रमा शव फेला परेको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.