फेरी पूर्व गृहसचिव पनि सिआइवीकाे छानविनमा

| 2023 Jul 06 | 05:32 pm 4433

काठमाडौँ, असार २१ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिव एवं पूर्व गृहसचिव जेलमा रहेकै बेला त्यसलाई समेत छायाँमा पार्दै  ललिता निवास प्रकरण अहिले चर्चाकाे शिखरमा छ । साेच्दै नसाेचेका मान्छेहरू अनुसन्धानका घेरामा रहेकाे चर्चा सँगै  पूर्वगृहसचिव नारायणगोपाल मलेगोका विरुद्ध पनि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले छानबिन थालेको बुझिएको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन मलेगोको पनि भूमिका देखिएपछि  सिआईबीले छानविन शुरू गरेकाे हाे ।

मलेगो २०७२ मङ्सिर ६ गते देखि ०७३ भदौ ८ गते सम्म गृहसचिव थिए भने  भौतिक योजना तथा निर्माण मन्त्रालयको सह–सचिव हुँदा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा मलेगोको संलग्नता देखिएको सिआइवीकाे दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.