काठमाडौं, मंसिर ११: सिन्धुपाल्चोकको फुल्पिंगकोट केन्द्रबिन्दु बनाई ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ट भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।
भूकम्पको धक्का काठमाडौं भक्तपुर ललितपुर र काभ्रेपलाञ्चोक लगायत जिल्लाहरुमा समेत महसुस भएको थियो । अन्य विवरण भने प्राप्त भैसकेको छैन ।