फेरि बढ्यो सुन–चाँदीको मूल्य

| 2024 Sep 09 | 11:18 am 313

काठमाडौँ २४ भदौ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ बढेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.