फेरि बढ्यो सुनको मूल्य

| 2024 Oct 20 | 11:12 am 349

काठमाडौँ, ०४ कार्तिक / नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । शुक्रवार तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.