फेरि बढ्यो सार्वजनिक सवारीको भाडा (सूचिसहित)

रिपोर्ट नेपाल | 2022 Jun 10 | 02:26 pm 1357

काठमाडौं, जेठ २७: पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा पुन: बढाएको छ।

यातायाता व्यवस्था विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबहाक तथा मालबाहक सवारीको भाडादर बढाएको जानकारी दिएको छ।

विभागका अनुसार यात्रुवाहक सवारीमा २.५ प्रतशित, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीमा २.५ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीमा ३.७ प्रतिशतले भाडा वृद्धि गरिएको हो।

इन्धनको मूल्य थपघटका आधारमा एकैपटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजन गर्ने नीति अनुरुप भाडा बढाएको विभागले जनाएको छ। विभागका अनुसार बढेको भाडा २७ जेठबाटै लागू हुने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.