फेरि बढ्यो इन्धनको मुल्य

| 2020 Jan 01 | 08:59 pm 1718

काठमाडौं, पुस १६: नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको नेपाल आयल निगमले जानकारी दिएको हो ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ पुगेको छ भने डिजेल र मट्टीतेलको १ सय रुपैयाँ कायम भएको छ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.