काठमाडौं, भदौ ८: आइतबार सुनचाँदीको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । आज सुन प्रति तोलामा १२ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार सुन प्रति तोलामा ७२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी तेजावी सुन प्रति तोलामा ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको जानकारी दिए । शुक्रबार सुन प्रति तोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत साउन ३० गते सुन प्रति तोलामा ७१ हजार ५ सयले कारोबार भई नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यस्तै आइतबार चाँदीको भाउ पनि ह्वात्तै बढेको छ । आज चाँदी प्रति तोलामा २० रुपैयाँले बढेर प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर चाँदी शुक्रबार, बिहीबार र बुधबार पनि चाँदी प्रति तोला ८ सय ३० मा कारोबार भएको थियो ।