फेरि आयो खुराफाती

| 2021 Jul 20 | 12:06 am 581

काठमाडौं, साउन ४ः आम दर्शक माझमा थुप्रै हाँस्य टेली चलचित्रले मनोरञ्जन दिई रहेको अवस्थमा थप मनोरञ्जन दिने हेतुले अर्को हाँस्य टेली चलचित्र खुराफाती नामक हाँस्य टेली सिरियलले मनोरञ्जन दिन थालेको छ ।

आमा बंगलामुखी फिल्म प्रोडक्सन प्रालिद्वारा लोकप्रिय हाँस्य टेली सिरियल जिरे खार्सानीका चर्चित कलाकार शिवहरी पौड्यालको लेखन तथा निर्देशनमा उक्त खुराफाती नामक हाँस्य टेली सिरियलको निर्माण गरेका हुन् ।

उक्त सिरियलको २३औं भागसम्म निर्माण गरी आम दर्शक माझ प्रसारण गरिसकिएको छ । निर्माणकै क्रममा विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना) का कारण गत बैशाख १६ गतेबाट उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा नेपाल सरकार तथा स्थानीय सरकारले लकडाउनको घोषणा गर्यो, उक्त घोषणापछि यस हाँस्य टेली सिरियल खुराफातीको पनि निर्माण कार्य रोकिएको थियो ।

कोरोना महामारीले विश्व तथा मुलुक नै आक्रान्त भई कैयौं व्यक्तिहरूकाे मृत्यु वरण र लाखौं व्यक्तिहरु काेराेना भाइरस संक्रमणका कारण अस्पतालका शैय्यामा छटपटिदै उपचार गराइरहेको अवस्थामा यस हाँस्य टेली सिरियल खुराफातीका लेखन, निर्देशक तथा प्रमुख कलाकार शिवहरी पौड्याल समेत अछुतो रहन सकेनन् ।

कोरोना भाइरसको संक्रणमले लामो समयसम्म अस्पतालमा रहेर उपचार गर्नु परेका कारण आम दर्शकलाई यस हाँस्य टेली सिरियलको थप भाग देखाउन नसकिएको निर्देशक तथा कलाकार शिवहरी पौड्यालले जानकारी दिए ।

तीन महिनाको लकडाउन आशिंक रुपमा खुलेर जनजिवन सहज हुँदै गएको र संक्रमणभई लामो समय अस्पतालको बसाईपछि क्रमिक रुपमा स्वास्थ्य सुधार हुँदै शरीरले आफ्नो गति लिन थालेपछि आफूले थालनी गरेको उक्त हाँस्य टेली सिरियल खुराफातीलाई पुनः निरन्तरता दिई दर्शका माझ मनोरञ्जन दिन २४– २५औं भाग निर्माण गरी सदा झैं इमेज टेलिभिजनबाट प्रसारण र युट्युब च्यानमासमेत राखि सकिएको छ ।

निर्देशक शिवहरी पौड्यालले उक्त सिरियल युट्युबमा राख्ने क्रममा भनेका छन्, आदरणिय दर्शक महानुभावहरु, धेरै भन्दा धेरै दर्शक महानुभावहरू सामु पुग्न नसकेर होला सायद यो सिरियलको भ्यूज निकै कम भैरहेको कुरात यहांहरुले देख्दै आउनुभाको छ । आर्थीक रुपमा पनि निकै कठिनाई पूर्वक निर्माण कार्यमा अगाडी वडीरहेको यो सिरियललाई लाईक, सव्स्क्राईव र शेयर गरि यस्को टिकाउमा सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गर्दछु ।

उक्त हाँस्य टेली सिरियलमा राजाराम पौडेल, मनोज आचार्य, शिवहरी आचार्य, शिवहरी पौड्याल, पवन खतिवडा, कमला रेग्मी, बिनोद केसी, निरज नेपाल, भिमसेन अधिकारी, राजन सिम्खडा, हिमा दाहाल, मनिषा श्रेष्ठ, स्वस्तिका लामिछाने, क्षितिज अर्याल, रितु भण्डारी, असिम पौडेल, उदय भण्डारी, सुदिप बाँस्कोटा, उन्नती भण्डारी, शर्मिला रायमाझी र उत्सव पौडेल लगायतका कलाकारहरु रहेका छन् ।

यस सिरियलकाे २५औं भागः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.