नवलपरासी, असार १५ः सोमबार बिहान बर्दघाट नगरपालिका–१४ स्थित रहेको एक फेन्सी पसलमा आगलागी भएको छ । आगलागीबाट करीब दश लाखको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार विद्युत् सर्ट भई यूनिक फेन्सी क्लेक्सन गङ्गाबस्तीमा आगलागी भएको बताइएको छ । आगलागीबाट पसलमा रहेका कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
पसलको सटरबाट धुवाँ निस्केछि घरधनीले पसल सञ्चालकलाई खबर गरेका थिए ।
आगलागीबाट पसलमा रहेका फेन्सी सामान कामै नलाग्ने गरी जलेको सञ्चालक प्रदीप पाण्डेले बताए । उक्त आगो स्थानीयवासीको सहयोगमा तत्कालै नियन्त्रणमा लिइएको थियो ।