फेक आईडीबाट चरित्रहत्या गरेको भन्दै नेतृ नविना लामा पुगिन प्रहरीको शरणमा

रिपोर्ट नेपाल | 2018 Jun 07 | 03:05 pm 8584

काठमाडौं । नेकपा सांसद एवम् अनेरास्ववियु अध्यक्ष नविना लामाले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्ने काम गरिएको भन्दै प्रहरीमा उजुरी गरेकी छिन्। फेसबुकमा नक्कली आइडी बनाएर पेट्रालियम पदार्थको मूल्य बृद्धिको विषयलाई लिएर सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्ने काम गरिएको भन्दै लामा प्रहरीमा उजुरी गर्न पुगेकी हुन् ।

आफ्नो नक्कली फेसबुक आइडी बनाएर अनावश्यक जभाभावी लेखी त्यसको ‘ स्कृन’ बनाएर आफ्नो बेइज्जत गरिएको उनको आरोप छ। केहीले नक्कली फेसबुक आइडी बनाएर जभाभावी च्याट गरेर त्यसको फोटो राखी प्रचार गरीरहेको लामाको भनाई छ। त्यसविरुद्ध साइबर क्राइम मुद्दामा आफुले छानबिनका लागि प्रहरीलाई आग्रह गरेको उनले बताइन्।

उनले पेट्रोलियम पदार्थको मुल्यबृद्विको बिषयमा लेखिएको स्टाटसलाई आधार बनाइ केही ब्यक्तिले चरित्र हत्या गर्ने उदेश्यले नलेखेको कुरा पनि नक्कली आइडी बनाई स्कृनसट गरि राखेको समेत आफ्नो फेसबुक स्टाटसबाट जानकारी गराइकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.