ताप्लेजुङ, फागुन २७ः ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ८ः३० बजेतिर आगलागी हुँदा एकघर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एकघरमा आंशिक क्षति भएको छ ।
आगलागीमा परी घाइते भएकी वृद्धाको मृत्यु भएको छ । आगलागीमा गम्भीर घाइते भएकी ६७ वर्षीया चुलीमाया लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो ।
आगो नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र (दमकल) प्रयोग गरिएको थियाे । आगो नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जुटेका थिए । अहिले आगो नियन्त्रणमा आएकाे ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दिए ।