काठमाडाैं, कात्तिक २५ः महागुरु फाल्गुनन्द लिङ्देन जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।
उनले फाल्गुनन्दकाे शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गरेका छन् । ओलीले फाल्गुनन्दप्रति उच्च सम्मान प्रकट पनि व्यक्त गरेका छन् ।
समाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्- राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँकाे शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्दछु ।
फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।