काठमाण्डौ २६ फागुन / नेपाली कांग्रेस संगको गठबन्दन तोडेर नयाँ गठबन्धन गरेका प्रधानमन्त्री पुष्प कमल दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा यसबारे जानकारी गराएका हुन्।
संसदीय दलको बैठकले सरकारले विश्वासको मत लिने दिन अनिवार्य रुपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुनका लागि ह्वीप जारी गरेको छ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थितिका लागि निर्देशन जारी गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए।
आजको संसदीय दलको बैठकमा गठबन्धन परिवर्तनपछि माओवादी र गठबन्धनमा संलग्न अन्य दलका नेताहरूको भूमिकाका बारेमा छलफल भएको छ।