काठमाडौँ ०३ पुष / नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्टस्समाथि जीत हात पार्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर म्याचमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।
टिमलाई पहिलो प्रतियोगिताको फाइनलमा पुर्याउने महत्त्वपूर्ण खेलमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा नटआउट ५८ रन बनाए ।
सुदूरपश्चिमको लागि साइब जाइबले २१ बलमा ३२, ब्रान्डन म्याकमुलेनले १९ बलमा २५ र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन बनाए ।
सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन जोडे । एनपीएलमा उनको यो पहिलो अर्धशतक हो ।
यस्तै, अर्का ओपनर सैफ जैबले ३२ र ब्राण्डन म्याकमुलनले २५ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे । जनकपुरका लागि किशोर महतो र ललित राजवंशीले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । जनकपुरका लागि जेम्स निशमले विस्फोटक पारी खेले । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडे ।
शुभ कंसाकारले २६, अरनिको यादवले ११, लाहिरु मिलान्थाले १२, हर्ष थाकेरले १२ र कप्तान आसिफ शेखले ११ रन बनाए । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैबले २ स्कट कुग्गेलिजन र अविनाश बोहराले एक/एक विकेट लिए ।