फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2022 Mar 04 | 01:43 pm 2117

सर्लाही, फागुन २०ः ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले चोरी तथा अन्य मुद्दामा फरार रहेका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा हरिवन न.पा.७ बस्ने बर्ष ४२ का गुना भन्ने गुन्जलाल घिसिङ  रहेका छन् ।

उनलाई सम्मानित सर्लाही जिल्ला अदालतको लगत नं.१६०६ बमोजिम १ महिना कैद रु.१ लाख १३ हजार २ सय जरिवाना ठहर भएकाे थियाे । प्रहरीले घिसिङलाई घरैबाट पक्राउ गरी नियमानुसारको कैद र जरिवाना असुल उपरको लागि सम्मानित जिल्ला अदालतमा दाखिला गराउन ईलाका प्रहरी कार्यालय हरिवन ल्याईएकाे जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.