फरार अभियुक्त प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2021 Jun 18 | 10:38 am 1841

ललितपुर, असार ४ः सम्मानित ललितपुर जिल्ला अदालतको मिति २०७२ पुस १५ गतेको फैसेला बमोजिम विगो १ कराेड १५ लाख ३८ हजार र तीन वर्ष कैद सजाय भएको वैंकिङ्ग कसुर मुद्दाको फरार अभियक्तलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्ने ललितपुर गोदावरी नगरपालिका वडा नं.- १२ ठेचो स्थायी वतन भएको वर्ष ४० का हिरा महर्जन रहेका छन् ।

उनलाई मिति २०७८ असार ३ गतेका दिन महानगरीय प्रहरी वृत्त चापागाउंबाट खटिएको प्रहरी टोलीले फे‍ला पारी
नियन्त्रणमा लिई फैसला कार्यान्वयनार्थ सम्मानित ललितपुर जिल्ला अदालतमा बुझाईको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.