फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2021 Feb 03 | 10:43 pm 2605

झापा, माघ २१ः भद्रपुर नगरपालिका ५ स्थायी घर भई हाल भक्तपुर सानो ठिमि बस्ने नर्बदा उपाध्याय भण्डारी बिरुद्द सम्मानित काठमाडाैं जिल्ला अदालतबाट मिति २०७६ माघ २४ गते भएको २१ लाख रुपैयाकाे चेक अनादर बिगो मुद्दामा २ बर्ष कैद सजाय फैसला भएको थियाे ।

फैसला पश्चात् हालसम्म फरार रहेकोमा अभियुक्तलाई खोजतलास गर्ने क्रममा बुधबार बिहान भक्तपुर मध्यपुर ठिमि नगरपालिका २ बाट नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई आबश्‍यक कारवाहीका लागि काठमाडाैं जिल्ला अदालत पठाईएको सुचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.