सिरहा, जेठ १७ः लागूऔषध मुद्धामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा लाहान नगरपालिका-२२ का ३१ वर्षीय रामअशिस यादव रहेका छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हाे ।
२०७६ मंसिर १४ गते ईलाका प्रहरी कार्यालय महेशपुरपतारको हिरासत कक्षबाट फरार भएका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सिरहा नगरपालिका-१५ स्थित ससुराली घरमा लुकीछिपी बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।