प्लास्टिक निरुत्साहित गर्न मष्टा बायो प्लान्ट उद्योग सञ्चालन

| 2024 Nov 05 | 12:31 pm 173

काठमाडौँ, २१ कार्तिक / प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन्। बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो।

सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्य योजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको स्रोतले बताएको छ । बजारमा प्रयोगमा ल्याउने प्लास्टिकले मानवीय तथा वातावरणीय रूपमा प्रतिकूल असर पर्ने भएकाले विकल्पका रूपमा उद्योग सञ्चालनमा ल्याइएको हो ।
भारतसँग खुला सिमाना भएकाले प्लास्टिकका झोला सहजै चोरीपैठारीबाट नेपाली बजारमा भित्रने समस्या रहेको बताउँदै सोही कारण बजारीकरणमा चुनौती हुने उल्लेख गरे। प्लास्टिकको झोला बजारमा प्रतिकेजी रु तीन सयमा उपलब्ध हुँदा उद्योगले उत्पादन गरेको वातावरणमैत्री झोला प्रतिकेजी रु तीन सय ५० मा बिक्री गर्नु परिरहेकाले बजारीकरणमा समस्या हुने उनीहरुको भनाइ छ।

गत असोज १ गतेदेखि सञ्चालनमा आएको उद्योगले २० जनासम्मलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। तत्काल नागरिकमा विश्वास दिलाउन नसकिए पनि निकट भविष्यमा आफैँ माग बढेर जाने विश्वास सञ्चालकहरुको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.