स्याङ्जा, साउन ५ः स्याङ्जाको गल्याङमा सिँचाई पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । गल्याङ नगरपालिका वडा नम्वर ६ स्थित घर नजिकै बनाएको प्लाष्टिकको सिँचाई पोखरीमा खसेकी कामना गुरुङकी छोरी ४ बर्षीया सोफिया गुरुङ र ३३ बर्षीया बृन्दा गुरुङको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिए ।
सोफिया पोखरीमा खसेसँगै उनको उद्धार गर्ने क्रममा बृन्दाको समेत मृत्यु भएको हो । मंगलवार साँझपख खेल्दै गर्दा पोखरीमा बच्चा खसेको देखे पछि बचाउन पोखरीमा पसेकी बृन्दाको बालिकासँगै डुबेर ज्यान गएको प्रहरीको भनाई छ । सिँचाई पोखरी एक लाख लिटर क्षमताको भएको प्रहरीको भनाई छ । गाेरखापत्र दैनिकबाट