नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने

| 2022 Jun 26 | 02:58 pm 2285

काठमाडौं, असार १२ः नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको युनियको केन्द्रीय सचिवालय, पूर्वअध्यक्षहरु र वरिष्ठ पत्रकारहरूको बैठकले हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका सबै तयारीलाई तीब्रता दिने तथा असार २० गतेसम्म मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको युनियनमा यसअघि दुई समूहले अलग-अलग महाधिवेशनको मिति तोकेका थिए । अहिले सबैको सहमतिमा मिति र स्थान तय भएकोले महाधिवेशन हुने विश्वास युनियनका नेताहरूले गरेका छन् । युनियनको आठौं महाधिवेशन २०७१ भदौमा पोखरामा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.