प्रियंकाको रुपकाे जापानमा पनि भयाे प्रशंसा

रिपोर्ट नेपाल | 2018 Jun 04 | 03:37 pm 3327

काठमाडौ, २१ जेठ : नायिका प्रियंका कार्की सिने जगतकी ‘हट केक’ हुन् । नेपाली सिने क्षेत्रमा अहिले उनको दबदबा रहेको । उनका अधिकांश चलचित्रहरु दर्शकले रुचाएका छन् ।

उनको चलचित्र मात्र होइन वाक शैली, ड्रेस सेन्स र ग्ल्यामरको पनि चर्चा हुने गरेको छ । नेपालमा मात्र होइन उनको चर्चा विदेशमा पनि हुने गर्छ । केकी अधिकारी निर्देशित चलचित्र कोहलपुर एक्स्प्रेसको प्रमोशनका लागि जापान पुगेकी प्रियंका रातो गाउनमा सजिएकी छिन् ।

जसमा उनको सुन्दरता निकारिएको छ । झण्डै ४० हजार मूल्यको गाउनमा सजिएकी प्रियंकाले सबैको ध्यान खिच्न सफल भएकी छन् । उनको यो खुलेको रुपको अहिले सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.