प्रियंकाको पारिश्रमिक कति ?

रिपोर्ट नेपाल | 2018 Jun 18 | 10:11 am 3217

मुम्बई– हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन्। अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण चर्चामा रहेकी प्रियंका सलमान खानको ‘भारत’ खेल्न बलिउड फर्किने भएकी हुन्।

अमेरिकी टेलिभिजन शो क्वान्टिकोका तीन सिजन्स र हलिउड फिल्म बेवाँचमा अभिनय गरेर स्वदेश फर्किन लागेकी उनले फिल्म खेल्न निर्देशक अली अब्बास जफरसँग १२ करोड मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यदि ‘भारत’ युनिटले प्रियंकाको प्रस्ताव मान्यो भने उनी बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने दोस्रो अभिनेत्री बन्नेछिन्। यसअघि दीपिका पादुकोणले फिल्म ‘पद्मावत’ मा १२ करोड रुपैयाँ लिइसकेकी छिन्।

बलिउड फर्किन लागेकी प्रियंका ऋतिक रोशनको ‘क्रिश’को चौथो संस्करणमा देखिन सक्ने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.