प्रिमियर लिगः चेल्सी म्यान्चेष्टरसँग बराबरीमा

रिपोर्ट नेपाल | 2018 Oct 21 | 07:04 am 2424

लण्डन, कार्तिक ४: प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा रहेको चेल्सी म्यान्चेष्टरसँग बराबरीमा रोकिएको छ। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा चेल्सी म्यान्चेष्टर युनाइटेडबाट २/१ गोलको अन्तरमा पराजित हुनै लाग्दा अतिरिक्त समयको अन्तिम मिनेटमा चेल्सीका खेलाडि बार्कलेले गोल गरेपछि पराजित हुनबाट जोगिएको थियो।

पहिलो हाफसम्म १ गोलको अन्तरले अगाडि रहेको चेल्सी दोस्रो हाफमा दुई गोल खाएपछि स्तब्ध हुन पुगेको थियो। अत्यन्त तनावकावीच खेल सकिनु अन्तिम मिनेटमा गोल गर्न सफल भएपछि चेल्सी हार तार्न सफल भएको हो। आज बराबरी खेलेपछि अंक तालिकामा २१ अंक जोडेर चेल्सी पुनः पहिलो स्थानमा पुग्न सफल भएको छ ।

यो प्रिमियर लिगमा चेल्सीलाई म्यानचेष्टर सिटी र लिभरपुलले २० अंक जोडेर पछ्याइरहेको छ । आजै म्यान्चेष्टर सिटी र लिभरपुलको पनि खेल भएको हुनाले यी दुई क्लबको जित भएमा चेल्सीको शीर्ष स्थान आजै खोसिन पनि सक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.