प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरमा राष्ट्रिय खोप संचालन

रिपोर्ट नेपाल | 2020 Aug 15 | 07:07 pm 2914

महेश सिंह सिरहा, साउन ३१ः नेपाल सरकारद्धारा संचालित रहेको राष्ट्रिय खोपको सेवाबाट हजारौं जना लभाम्बित भएका छन् ।

No description available.

सिरहाको भगवानपुर गाउँपालिकामा राष्ट्रिय खोप मासिक रूपमा संचालनमा भइरहेको छ ।

भगवानपुर गाउँपालिका वडा नम्बर १ स्थित रहेको प्राथमिक स्वास्थ केन्द्रमा प्रत्येक महिनाको २२, २३ र २६ गते खोप लगाउने गरेको प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज राजेश यादवले जानकारी दिए।

No description available.

उक्त खोप गर्भवती महिलाबाट जन्मेदेखि १५ महिना सम्मको लगाउने गरेको छ । यो ५ दिने पूर्ण निशुल्क नियमित खोप कार्यक्रम हो ।

उक्त खोप कार्यक्रम देशको सबै जिल्लामा चलिरहेको यादवले बताए । गर्भवती महिला र बालबालिकाहरुमा १३ प्रकारका रोग लाग्न नदिन खोप लगाउने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.