प्राचिन कपिलवस्तुमा पुगे चिनका राजदुत सोङ

| 2023 Apr 11 | 02:46 pm 1185

कपिलवस्तु, चैत २८ः चिनका राजदुत झेन सोङले प्राचिन कपिलवस्तु स्थित तिलौराकोटको अवलोकन भ्रमण गरेका छन्। लुम्बिनी हुदै प्राचिन कपिलवस्तु आएका उनले वुद्ध स्थल तिलौराकोट भ्रमण गरेका हुन्।

राजदुत सोङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षृु मैत्तेयले वुद्धस्थलको ऐतिहासिक पृष्ठभुमि, महत्व, ऐतिहासिक प्रमाण, लगायतका बिषयमा जानकारी गराएका थिए।

तिलौराकोट दरबार क्षेत्रमा पैदल मार्ग हुदै उनले तिलौराकोटमा संपन्न उत्खनन र अन्वेशषको स्थलगत निरीक्षण गरेका थिए। जापानिज फण्ड ईन ट्रस्ट, नेशसन जियोग्रफी सोसाईटी अमेरिका र युनेस्को सहयोगमा ८ वर्ष देखि तिलौराकोटमा उत्खनन गरिएको छ। उनले उत्खननका उपलब्धी र अवस्था बारे जनकारी लिएका थिए। उत्खनन र अन्वेशको उपलब्धी, प्राप्त प्रमाणहरु, ऐतिहासिक पृष्ठभुमी लगायतका बिषयमा जानकारी गराईएको थियो।

राजदुतले तिलौराकोटको मुख्य दरबार, पश्चिमी र पुर्बी द्धार संपन्न भएको उत्खनन क्षेत्रको स्थलगत अवलोकन गरेका थिए। भ्रमण सकेर फर्कने क्रममा राजदुत सोङले तिलौराकोटका प्रवद्र्धन र विकासका लागि आफूले पहल गर्ने बताए। उनले सचारकर्मीलाई प्रतिक्रिया दिँदै वुद्धस्थलको ठोस विकासका लागि योजनाबद्ध रुपमा अगाडी बढनु पर्ने बताए। ३ वटा वुद्धहरुको जन्मथलोका पाईला टेक्न पाएकोमा आफु धन्य भएको भन्दै उनले प्राचिन कपिलवस्तुमा रहेको वुद्धस्थलको विकासका लागि हातेमालो गर्ने बताए। ‘यहाका बुद्धस्थलको विकासकालागि हामी सहयोग गर्र्न तयार छौ’ उनले भने।

उनले आफनो देशमा रहेको करौडा वुद्धमार्गीहरु  प्राचिन कपिलवस्तुमा आउन लालाईत रहेको बताए। शान्तिका अग्रदुत तथा करौडोका आस्थाका केन्द्र रहेको वुद्धस्थलमा आउन पाउनु नै गौरवको कुरा रहेको भन्दै उनले चिन सरकारले वुद्धस्थलको विकासका लागि सहयोग गर्र्न तयार रहेको बताए। तिलौराकोटलाई वुद्धका पिता राजा सुद्धोदनको राजप्रसाद हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.