सुर्खेत, कार्तिक २७ । प्रहरीले चाैकुने गाँउपालिका वडा नम्बर ६ काे एक घरकाे जुवा खालमा छापा हानेर प्रहरी, स्वास्थ्यकर्मि सहित २७ जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सुराकीको आधारमा खटिएको टाेलिले तीन जना प्रहरी पाँच स्वास्थयकर्मि र राजनीतिक दलका कार्यकर्ता सहित २७ जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर ल्याइएको छ।
जुवाकाे खालबाट २ लाख २८ हजार बरामद भएको छ।जुवाकाे खालबाट पक्राउ भएका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेकाे छैन।