प्रहरी र सशस्‍त्रका आइजीपी किन जाँदैछन् अमेरिका ?

रिपोर्ट नेपाल | 2018 Jun 17 | 05:24 pm 5301

काठमाडौं, असार ३ : नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल र सशस्‍त्रका महानिरीक्षक शैलेन्द्र खनाल आइतबार राती अमेरिका प्रस्थान गर्ने भएका छन् ।

युनाइटेड मिसन चिफ अफ पुलिस समिटमा भाग लिन उनीहरु अमेरिका जान लागेका हुन् । राती ९ बजेको उडानबाट अमेरिका जान लागेका आइजीपी १२ गते स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

उनीहरुका साथमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक दान बहादुर कार्की र सशस्‍त्र प्रहरीका निरीक्षक नारायण गुरुङपनि जाने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.