प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

रिपोर्ट नेपाल | 2023 Mar 26 | 01:59 pm 1653

काठमाडौं, चैत १२ः नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा भएका वसन्तबहादुर कुँवरलाई आज  दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई   दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)  कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको थियो । कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक हुन् ।

कुँवरले आज आइतबारदेखि कार्यभार सम्हाल्दै छन् ।  ३० वर्षे सेवा अवधिका कारण शुक्रबारबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.