प्रहरी प्रधान कार्यालयले ३० जना एसपी र ६९ जना डीएसपीको सरुवा

| 2021 Jan 06 | 08:12 am 1737

काठमाडौं, पुस २२: प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। मंगलबार मुख्यालयले ३० जना एसपी र ६९ जना डीएसपीको सरुवा गरेको हो।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालयमा एक वर्ष अवधि पुगेकालाई इन्चार्जबाट हटाएर नयाँ अधिकृत पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एसपी आभुषण तिम्सिनाको सरुवा भएको छ। सिन्धुलीकी इन्चार्ज रञ्जु सिग्देलको प्रहरी मुख्यालय अन्तर्गत मानव अधिकार उल्लंघन अनुगमन इकाईमा सरुवा भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी बेलबहादुर पाण्डेको सरुवा भएको । पर्साकी ईन्चार्ज गंगा पन्तलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा काठमाडौं परिसरका एसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार बस्नेतलाई ल्याइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.