प्रहरी प्रधान कार्यालयलाई महान्यायाधिवक्ता कार्यालयको निर्देशन

| 2020 Mar 16 | 07:12 pm 3997

काठमाडौं, चैत ३: महान्यायाधिवक्ताको कार्यालयको सचिवालय शाखाले प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालयलाई एक निर्देशन पत्र जारी गरेको छ ।

हाल विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित हुन मास्क प्रयोग गर्नुपर्ने हुँदा यही मौकालाई लिएर फाइदाका लागि बजारमा अभाव सिर्जना गर्ने गिरोहबाट प्रहरी प्रशासनले अनुसन्धानको क्रममा ठूलो परिमाणमा मास्क बरामद गरी उक्त कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

उक्त बरामद गरिएको मास्क बृहद सार्वजनिक हित एवम् जनस्वास्थ्यलाई ध्यानमा राखि नागरिक समक्ष पुर्याउनका लागि फौजदारी कार्यविधि संहिता २०७५ को दफा २७ अनुसार महान्यायाधिवक्ताको कार्याालय सचिवालय शाखाले निर्देशन दिएको हो ।

 

निर्देशन पत्र

Image may contain: text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.