काठमाडौं असार १० । विस वर्षे सेवा अवधि बनाइएका कारण पीडामा रहेका नेपाल प्रहरीका जवान र हवल्दारलाई अब भने राहत हुने भएको छ ।
आर्थिकभार परेको भन्दै सोह्र वर्षबाट विस वर्ष सेवा अवधि बनाइए पछि जवान र हवल्दारको बढुवामा कठिनाई भएको गुनासो आएपछि सरकारले अब सोह्र बर्षमै अवकास दिने भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज संसदमा गृह मन्त्रालयको बजेट माथि भएको छलफलमा उत्तर दिने क्रममा जवान र हवल्दारलाई सोह्र वर्षमा अवकास हुने व्यवस्था हुन लागेको बताए ।
तिस वर्षे सेवा अवधि हटाउने कुराको कानून मस्यौदा तयारी भइसकेको पनि गृहमन्त्री श्रेष्ठले जानकारी गराए ।