प्रहरीलाई ढुंगा हानेर उम्किए विप्लवका जिल्ला इन्चार्ज

| 2018 Jun 10 | 03:16 pm 1459

नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इन्चार्ज पक्राउ पर्नै लाग्दा प्रहरीलाई ढुंगा प्रहार गरे उम्किएका छन् । नेकपा चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी हिजो राती प्रहरीको फन्दामा पर्नै लागेका थिए । आफ्ना एक अंगरक्षकको साथमा उनी थिए ।

सुराकीको आधारमा प्रहरी उनीनजिक पुगिसकेको पनि थियो । तर एक प्रहरी जवानलाई घाइते बनाई बिसी उम्किन सफल भए । बीसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा प्रहरी जवान इसु मियाँ धोबी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षक वीरबहादुर तामाङले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले पुष्टि गरेको छ ।

प्रतिरोधका क्रममा ढुङ्गा लागेर घाइतेभएका धोबीको टाउकामा चोट लागेकोले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीबाट उम्किएका बीसीबारे पक्राउ परेका वीरबहादुर तामाङबाट बुझ्ने प्रयास भइरहेको प्रहरी सुत्रले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.