काठमाडौं, फागुन ५ : काठमाडौं महानगरपालिका वल्खुस्थित सडकमा प्रहरीलाई प्रलोभनमा पार्नका लागि नगद ५ सय रुपैयाँ दिन खोज्ने ट्रिपर चालककलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर घर भएका २३ वर्षीय ओमबहादुर कार्की र सोही ठाउँ घर भएका २४ वर्षीय लख्खे पन्त रहेका छन् ।
प्रहरीले बा.४ ख ६८४५ नम्बरको ट्रिपर र बा.३ ख ६५६८ नम्बरको ट्रिपर जाँच गर्ने क्रममा चालकको साथमा कागज पत्र नभएपछि दुबै ट्रिपरहरु नियन्त्रणमा लिन खोज्दा दुबै ट्रिपरको संयुक्त भनी उक्त नगद घुस दिन खोजेकाले दुबै सवारी साधन सहित चालकहरूलाई पक्राउ गरेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।