धनकुटा, असोज २०ः मंगलबार प्रहरीले धनकुटा नगरपालिका ६ स्थित पान्सिङ लगायतको बिभिन्न स्थानहरुमा करिब ७/८ रोपनी जग्गामा रहेको अवैध गाँजा फडानी गरेको छ ।

प्रहरी नायब निरीक्षक कुमार ढकालको कमाण्डमा खटिएको ग्रामिण गस्ति टोलिले उक्त कार्य सम्पन्न गरी कार्यालय फिर्ता भएको बताइएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी नायब निरीक्षक एदु कुमार खड्काको कमाण्डमा खटिएको ग्रामिण गस्ती टोलीले धनकुटा शहिदभूमि गाउँपालिका ३/४ स्थित डाँडाँगाउँ, बाहुनटोल, आइतबारे, बांसटोल, स्यालघारी र पुजारी टोल लगायतका स्थानमा करिब ४/५ रोपनी जग्गामा रहेको अवैध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट गरिएको जनाएको छ ।

कार्य सम्पन्न गरी टोली अपरान्ह कार्यालय फिर्ता भएको प्रहरी जवान प्रेम लामाले जानकारी दिए ।