प्रहरीद्वारा अवैध पटका नियन्त्रण

रिपोर्ट नेपाल | 2020 Oct 04 | 09:03 pm 2087

सर्लाही, असोज १८ः अवैध रुपमा ल्याएको प्रतिबन्धित पटका प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राति सर्लाहीको मलंगवा नगरपालिका ८ कोल्ड स्टोरबाट नियन्त्रमा लिएको प्रहरीले जनाएको हो ।

भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको १ बोरा बिभिन्न किसिमको पटका प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी सहायक निरीक्षक रामबाबु रायको गस्ती टोलीले बरामद गरेको हो ।

तस्कर प्रहरीलाई देख्नासाथ उक्त पटकाको बोरा छोडी फरार भएकोले पटका नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.