प्रहरीको फन्दामा परे लुटेराहरु

रिपोर्ट नेपाल | 2018 Jul 26 | 06:46 pm 1963

काठमाडौं ,साउन १०: लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका २६ गोगंबु स्थित बिजी महलमा अमर ज्वेलर्स संचालक सुनसरी धरान उपमहानगरपालिका १७ घर भएका अम्मर विक सहित ५ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

टोखा नगरपालिका ९ स्थित राप्ती पाहुना घर गेष्ट हाउसको कोठा नम्बर २०२ मा बसेका रुकुम भुईन्चे गाउँपालिका घर भई हाल दाङ घोराही १५ बस्ने ५२ बर्षीय खड्कप्रसाद सुनारको १ केजी सुन, नगद २ लाख १७ हजार रुपैयाँ, ३ थान मोबाइल, नागरिकता र विभिन्न बैंकको चेक तथा कागजपत्रहरु बुधबार लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई बिहीबार सोही ज्वेलर्सबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.